जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १८:३६

टिकटकमा हिट बन्दै विष्णु माझीको ‘चरी जेलैमा’(भिडियोसहित)


काठमाडौं, भदौ ७ । लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो पाँच दिनअघि सार्वजनिक भएको थियो । उक्त गित अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । गितले चर्चा पाइरहेको यस गितमा माझीकै स्वर सुन्न सकिन्छ । ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ ।

अधिकांश अहिलेको तिज गीतहरुले मौलिकता गुमाएको गुनासो आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको भन्दै यस गितमा धेरैले टीकटक बनाएका छन् । सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।

शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गर्नुभएको हो । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गर्नुभएको हो । गितमा संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई प्रस्तुत गरिएको छ भने खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ । यस समाचार तयार पार्दासम्म २० लाख ९८ हजार बढी पटक युट्युबमा हेरिएको छ भने ६ हजार बढीले प्रतिक्रिया दिएका छन् ।