जनता टाइम्स

७ भाद्र २०७८, सोमबार २१:४६

कंचनपुरमा एमाले फुटको प्रभाव शुन्य : माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ता एमालेतिरै


कंचनपुर, भदौ ७ । कंचनपुरको बेल्डाडीमा नेकपा एमाले र माओवादी केन्द्रका अधिकांश नेताहरु केपी शर्मा ओलीको पक्षमा लागेका छन् । यसअघि बेल्डाडीमा एमालेका बेलडांडी गाउंकमिटी अध्यक्ष लक्ष्मण भाट तटस्थ बस्नुभएको थियो । तर, अहिले भाटसहित अधिकांश नेता कार्यकर्ताहरु पुरै संस्थापन पक्षमा फर्केका छन् ।

एमालेका गाउं कमिटी इन्चार्ज अक्कल विष्ट पनि एमालेको संस्थापन पक्षमै फर्किनुभएको छ । उहाँ केही समयअघि माधव कुमार नेपाल पक्षमा खुल्नुभएको थियो । बेल्डाडीमा गाउंपालिका अध्यक्ष धनबहादुर थापा, उपाध्यक्ष कमला कार्की र सम्पूर्ण वडा अध्यक्षहरु पनि संस्थापन पक्षमै हुनुहुन्छ ।

त्यसैगरी माओवादी केन्द्रका अधिकांश नेताहरु पनि एमालेको संस्थापन पक्षमै लाग्नुभएको थियो । माओवादी केन्द्रका नेताहरु रोशन खड्का, राधाकृष्ण जोशी, विष्णु उपाध्याय र प्रकाश खत्रीलगायत नेताहरु पार्टी विभाजन भएपछि पनि एमालेमै सक्रिय हुनुहुन्छ। खड्कालाई एमालेले केन्द्रीय प्रचार विभागको सदस्य मनोनित गरिसकेको छ ।

त्यसैगरी यसअघि नेकपा हुंदा गाउं कमिटीका सचीव रहेका मोहन वडु समेत एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ । उहाँ अहिले माओवादी केन्द्रमा समेत सक्रिय नभएको बताइएको छ । त्यसैगरी जिल्ला सचिवालयका सदस्य समेत रहेका प्रदेशको निर्वाचन क्षेत्रका सचिव राधाकृष्ण जोशी पनि एमालेमै लाग्नुभएको थियो ।

थापा कंचनपुरमै राम्रो जनमत भएका नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँहरु सवै केन्द्रमा लेखराज भट्ट एमालेमा लागेपछि उहाँसवै एमालेमा सक्रिय हुनुहुन्छ । नेकपा एमालेको बेलडांडी गाउं कमिटिको सिङ्गो संस्थापन पक्षमै रहेको बेलडांडी गाउं कमिटि सचिवालय सदस्य शंकर भट्टले जानकारी दिनुभयो।

उहाँले नेकपा एमाले केन्द्रमा फुटेपनि त्यसको प्रभाव भने बेलडांडीमा नपरेको दावी गर्नुभयो । पछिल्लो समयमा केन्द्रको राजनिति हेरेर बसेकाहरु अहिले संस्थापन पक्षमा खुलेर संगठन विस्तारमा लागेको उहाँले बताउनुभयो । बेलडांडीमा आज देखि एमालेको वडा भेलाहरु समेत शुरु भएको छ ।