जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १७:२५

माधवबिहीन एमाले स्थायी कमिटी बैठक : एमालेका पाँच नेता घटे, माओवादीका चार नेता थपिए (फोटोफिचर)


काठमाडौं, भदौ ८ । नेकपा एमाले स्थायी कमिटी बैठकमा नेकपाकालमा छुटेका नेताहरू पहिलोपटक जुटनुभएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकमा पुस ७ गते औपचारिकरूपमा बिभाजित नेकपाका नेताहरु आज पुनः एकजुट बनेका हुन ।

विभाजित नेकपाको प्रचण्ड–माधव समूहका गएका १० स्थायी कमिटी सदस्य ८ महिनापछि केपी अ‍ोली नेतृत्वमा फर्किनुभएको छ भने पुस ७ गते नै प्रचण्ड छाडेर अ‍ोलीको पक्षमा उभिनुभएका स्थायी कमिटीका चार सदस्यसहित एमालेको ऐतिहासिक स्थायी कमिटी बैठक बसेको हो ।

आजको बैठकमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र स्थायी कमिटीका दुई सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसाल मात्र सहभागी हुनुभएन । माधव–झलनाथसहितका चार नेता नयाँ पार्टीतिर लाग्नुभएको छ भने बामदेव यता न उता हुनुभएको छ ।

हेर्नाेस तस्विर