काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् । निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन ।
कार्यकारी सदस्य केशव झाले भन्नुभयो, ‘आज निर्वाचन आयोगमा १४ जना संघीय सांसद र १७ जना कार्यकारिणी सदस्यको उपस्थित रहेको छ ।’ उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले आधिकारिकता पाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वमा आज आयोगमा अलग पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्न सनाखत गरेका हुन् । न्युज कारखाना













प्रतिक्रिया दिनुहोस्