जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार ०७:३७

माधव नेपाल बाहिरिएपछि एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, यस्तो छ एजेण्डा


काठमाडौं, भदौ १० । नेकपा एमालेबाट माधव नेपाल बाहिरिएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । दिउसो ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले गरेको निर्णयहरु अनुमोदन गर्नेछ ।

बैठकले विधान महाधिवेशनका लागि विभिन्न समितीहरु गठन गर्ने र नेताहरुको कार्यविभाजन गर्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिनुभयो । पार्टीका कमिटीलाई २०७५ जेठ २ मा फर्काएपछि नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेरको निर्णय आजको बैठकले गर्ने सम्भावना रहेको छ ।