काठमाडौं, भदौ १० । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीे एकताका लागि अमूल्य योगदान गरेको भन्दै दोस्रो तहका नेताहरुको प्रशंसा गर्नुभएको छ । भविष्यमा हुने आलोचनात्मक प्रहारका बारेमा पनि नेताहरुलाई सचेत गराउँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ , ‘कमरेडहरू १ थाहा छ, अबका केही दिन तपाईंहरूको हुर्मत लिइनेछ । अलग सन्दर्भका पुराना भाषण, अन्तर्वार्ता र लेख उधिनेर ‘ट्रोल’ गरिनेछ, ‘बिक्री’, ‘विलिन’ र ‘टाङमुनि छिरेका’ शब्दहरू खुबै प्रयोग गरिनेछन्, ‘पदका लागि बार्गेनिङ गरेका’ कथाहरू बेचिनेछन्, ‘नैतिकता’ का नक्कली पाठहरू पढाइनेछन् । तर, केही छैन, यी काम तिनबाट हुनेछन्, जो नेकपा (एमाले) बलियो नहोस् भन्ने चाहन्छन् ।
नेकपा एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि आएको रिजालको फेसबुक स्टाटसमा अगाडी भनिएको छ, ‘यतिले मात्रै पनि तपाईंहरूको एमाले बचाउने सही, भविष्यमुखी र व्यक्तिगत रूपमा कठोर निर्णयको औचित्य स्वतः पुष्टि हुन्छ । एमालेका लाखौंलाख कार्यकर्ता र आमजनताले तपाईंहरुको यस दुरगामी निर्णयको अवश्य मूल्यांकन गरेका छन् र गर्नेछन् ।’














प्रतिक्रिया दिनुहोस्