जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १३:२८

जनगायक जेबी टुहुरेको निधन


काठमाडौं, १० भदौ । जनगायक जेबी टुहुरे (ठबहादुर खड्गी) को उपचारको क्रममा निधन भएको छ । ७८ वर्ष उमेरका टुहुरेको बयोधा अस्पतालमा आ निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बउहाँलाई योधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो । जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभासदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत चर्चित निकै छ ।