जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १३:५६

जेठ २ मा फर्केपछिको एमाले केन्द्रीय कमिटी बैठक सुरु (फोटोफिचर)


काठमाडौं, भदौ १० । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज शुरू भएको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

माधवकुमार नेपालले औपचारिक रूपमा पार्टी गठन गरेको भोलिपल्ट एमाले केन्द्रीय कमिटी बैठक बसेको हो । एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ ।

तस्विर : न्यूज कारखाना