काठमाडौं, भदौ ११ । एमाले नेता शंकर पोखरेलले नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने दावी गरेका गर्नुभएको छ ।
अध्यादेशको पार्टी भन्दै उहाँले यसलाई नयाँ जनादेशबाट प्रतिस्थापन गरिने टिप्पणी गर्नुभएको छ। ‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट त्यसको प्रतिस्थापन गरिनेछ।’ बुधवार मात्रै एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएको थियो ।













प्रतिक्रिया दिनुहोस्