जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार ०९:३८

मौसम : आज देशका यी स्थानमा हुन्छ धेरै भारी वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं, भदौ ११ । आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाको आँकलन गरिएको छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी धेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।