जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १०:५३

सशस्त्र प्रहरीमा खुल्यो इन्स्पेक्टरदेखि परिचरसम्म ठुलो संख्यामा जागिर


काठमाडौं , भदौ ११ । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ। शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ।उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।