जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १४:४६

बाढी पहिरोमा परेकाको उद्धारमा जुट्न युवा संघको आव्हान


काठमाडौं, भदौ ११ । युवा संघ नेपालले देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परेकाहरुको उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई अपिल गरेको छ ।

संघका अध्यक्ष किरण पौडेलले नवलपरासी, रुपन्देहीलगायतका जिल्लाहरुमा बाढी र डुबानको बढी जोखिम भएकोले ती जिल्लाका युवा संघका सम्पूर्ण कार्यकर्तालाई पीडितको उद्धार, राहत र अन्य स्वयंसेवी भूमिका निर्वाह गर्न अपिल गर्नुभएको हो ।

यस्तै युथ फोर्सका अध्यक्ष क्षितिज थेबेले पनि युथ फोर्सका सम्पूर्ण कार्यकर्तालाई बाढी पीडितको उद्धारमा तत्काल जुट्न अपिल गर्नुभएको छ ।