जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १७:१३

कलाकार दमन रुपाखेतीलाई पितृशोक


काठमाडौं, भदौ ११ । हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उहाँका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै आकस्मिक निधन भएको हो । मृतक रुपाखेतीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कलाकार उत्तम केसीले जानकारी दिनुभयो । मृतक रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर हुनुहुन्थ्यो । उहाँले गोत्रबारे पुस्तक समेत लेख्नुभएको छ । उहाँका चार सन्तानमध्ये दमन साईलो हुनुहुन्छ । थुप्रै टेलिसिरियल, केही चलचित्र, गाईजात्रा कार्यक्रम, म्युजिक भिडियोमा काम गरेका दमन पछिल्लो समय हास्य टेलिसिरियल ‘मेरी बास्स’को निर्देशक एवं कलाकारका रुपमा सक्रिय छन् ।