जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १८:३५

केकी आफैले बिहे नगर्नुको रहस्य खोलेपछि…(भिडियो)


काठमाडौं, भदौ ११ । कलाकार केकी अधिकारीले आफूले विहे नगर्नुको रहस्य खोल्नुभएको छ । नेपाली दर्शकमाझ लोकप्रिय उहाँलाई पत्रकार तथा फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोध्ने प्रश्नले हैरान हुँदै आएपछि विभिन्न बहाना बनाउँदै आउनुभएको थियो । विवाहको समय आएपछि बिहे गर्ने तर्क दिंदै आउनुभएको अभिनेत्री केकीले बुधवार आफ्ना यूट्युब च्यानलमा प्रशंसकले सोधेको प्रश्नको जवाफमा आफुलाई बिहे गर्न निकै डर लाग्ने जवाफ फर्काउनुभएको हो ।

उहाँले भन्नुभयो‘,मलाई विवाह भन्ने चीजसँग डर लाग्छ । त्यसैले बिहे जो सुकैसँग होस् । फ्यानलाई म पूजा गर्छु ।’ त्यस्तै, अर्का फ्यानले सोध्नुभयो, ‘बिहे गरम–गरम लाग्दैन ?’। जवाफमा हाँस्दै भन्नुभयो, ‘बिहे गरम–गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । जतिले पनि विवाह गरेका छन्, बिहे गरम–गरम लागेर गरेका होइनन् होला । मलाई बिहे नगरम–नगरम पनि भएको छैन ।’ यसरी अहिलेसम्म आफूले विहे नगरेको रहस्य खोल्नुभएको हो ।