जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार २१:४७

‘गुड एण्ड ह्याप्पी फ्राइडे’ कसरी मनाउने ?


काठमाडौं, भदौ ११ । तपाईलाई गुड फ्राइडे भन्ने वित्तिकै सुखि र आनन्द हुन्छ । किनभने हाम्रो देशमा सार्वजनिक विदा भनेको शनिबार हो र सरकारी कामकाज शुक्रबार आधा समय मात्रै हुन्छ जसले गर्दा हप्ताको एक दिन विदा मनाउनका लागि जो कोही नजिकैको घुम्ने ठाउँमा जान मन पराउँछन् । तपाई चिन्तित त हुनुहुन्न कसरी बनाउने गुड एण्ड ह्याप्पी फ्राइडे भनेर अब ढुक्क हुनुहोस् ।

ह्याप्पी फ्राइडे मनाउनका लागि यसअघि क्लव, रेष्टुरेन्ट, होटल धाउने भए पनि अहिले विश्वव्यापी कोरोना महामारीका कारण सबै बेलुकी बन्द हुन्छ । अर्को कुरा निषेधाज्ञा (लकडाउन) ले गर्दा यसअघि घुम्न जान त के घरबाट बाहिर समेत निस्किन गाह्रो थियो । तर अब लकडाउन लुज भएसँगै घुम्न जान पनि सहज भएको छ । तपाई देशेको राजधानी काठमाडौं उपत्यकाको नजिकै कतै जानुहुन्छ भने बुझेर मात्रै जानुहोस् ताकि त्यहाँ होटल, रेस्टुरेन्ट बन्द नहोस् । अर्को कुरा तपाई कहाँ जाने हो कसरी ह्याप्पी फ्राइडे मनाउने ?

यदि तपाई आफ्नो परिवारसँग जाँदै हुनुहुन्छ भने परिवारको खुसिको लागि तपाई भरपुर समय दिनुहोस् । तपाई सामाजिक सञ्जालमा भन्दा परिवारमा बढी ध्यान दिनुभयो भने परिवार खुसि हुन्छ जसले तपाईलाई आनन्द हुन्छ । यदि तपाई गर्लफ्रेन्ड, व्वाईफ्रेन्ड जाँदै हुनुहुन्छ भने तपाई अहिलेको समयमा सामाजिक सञ्जालमा रमाउन चाहानुहन्छ तर उक्त समयमा बढी भन्दा बढी रमाइलो गर्नुहोस् ।

यदि तपाईको साथी पार्टनर फोटो, भिडियो खिच्न रुचाउँछन् भने दिक्क नमानी, झर्को नमानी खिचिदिनुहोस् जसले स्मरण हुन्छ कि उक्त गएको ठाउँको । यदि तपाई बढी भन्दा बढी अल्कोहलमा रमाउनुहुन्छ भने आफू बसेको ठाउँमा दुबै जना मिलेर खानुहोस् र एक अर्कालाई माया गर्नुहोस् जसले तपाईको जीवनमा खुसि र सुखि आउँछ । यदि तपाई ह्याप्पी फ्राइडे मनाउँदै हुनुहुन्छ भने हरेक कुरामा विचार गरेर बोल्ने गर्नुहोस् ताकी साथीभाइलाई तपाईको भनाईले केही असर नगरोस् ।