कैलाली, भदौ १२ । सेनिटाइजर पिएर कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको सेनिटाइजर सेवनका कारण शुक्रबार ज्यान गएको हो । बराइलीले ९ भदौमा सेनिटाइजर पिएका थिए । उनको स्थानीय निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।बराइलीले किन सेनिटाइजर सेवन गरे भन्नेबारे खुलेको छैन ।
सेनिटाइजर सेवन गरेका युवकको मृत्यु













प्रतिक्रिया दिनुहोस्