बाँके, भदौ १२ । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। उनको शुक्रबार राति उपचारको क्रममा निधन भएको हो।
रक्तचाप कम भएपछि उनलाई शुक्रबार बेलुका ६ बजे अस्पताल लगिएको थियो। राति एक बजे उनको निधन भएको हो।
अध्यक्ष यादवको शव शनिबार बिहानै घर लगिएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेका तर्फबाट चुनाव जितेका थिए।













प्रतिक्रिया दिनुहोस्