जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार २२:४४

काँडाघारीबाट सुन र नगद चोरी


काठमाडौं, भदौ १४ । काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ ।

आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।