काठमाडौँ, भदौ १७ । सरकारले नेपाल प्रहरीका पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको विहीबार सरुवा गरेको छ । एआइजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय राखीपोखरी प्रमुखको रुपमा थमौति गरिएको छ ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असारको अन्तिम हप्तातिर एआइजी पाललाई सात महिना नवित्दै प्रहरी प्रधान कार्यालय सरुवाको निर्णय गरेको थियो ।
त्यस लगत्तै गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीहरुको सरुवा निर्णय व्यवहारिक नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । सो निर्देशन भएको करीव ५० दिनपछि एआइजीहरुको सरुवा गरिएको हो ।
एआइजी विश्वराज पोखरेललाई प्रहरी प्रधानकार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको छ ।
त्यस्तैं, एआइजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुखमा र एआइजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्