काठमाडौं, भदौ १७। नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो ।श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिनुभएको छ । यसप्रति श्रेष्ठ असन्तुष्ट हुनुहुन्छ । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वासको पात्र बन्नुभएको छ । अध्यक्ष प्रचण्डसंग श्रेष्ठसँग सम्बन्ध चिसिदै गएको छ । श्रेष्ठले सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा इच्छा देखाउनुभएको छ भने प्रचण्ड उहालाई सरकारमा पठाउन तयार देखिनुभएको छैन । माओवादीभित्र अहिले जनयुद्धमा प्रत्यक्ष भूमिका खेलेका र नखेलेकाको ध्रुवीकरण समेत देखिएको छ ।
यसैगरी, अधिकार समेतको कटौती र सरकारमा समेत नलाने देखेपछि नारायणकाजीले कडा कदम चाल्ने तयारी गरेको एक स्रोतको दावी छ । स्रोत भन्छ निकटस्थसँग यसबारे छलफल समेत बढाइसक्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्