काठमाडौं, १८ भदौ । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज (सेजन) नेपालको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । आज हुने २२औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि विहिबारै उम्मेदवारी मनोनयन भएको थियो । नयाँ नेतृत्वका लागि अध्यक्षमा जनार्दन बराल, आशिष ज्ञवाली र शिरोमणि ढुंगाना मैदानमा हुनुहुन्छ ।
यस्तै, उपाध्यक्षमा सुजन ओली र कृष्ण रिजाल, महासचिवमा भागवत भट्टराई र विनय बन्जरा, सचिवमा हिमाल पौडेल, हिमा बि.क. र एलिजा उप्रेती तथा कोषाध्यक्षमा लक्ष्मी सापकोटा, कमला आर्याल र सुजन ढुंगानाले उम्मेदवारी दिनुभएको छ । पाँच सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ ।
सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया, इशारा कोइराला र शंकर पण्डित रहनुभएको छ । बन्दसत्रपछि विहान ११ बजेपछि इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा निर्वाचन हुने सेजनका अध्यक्ष भीम गौतमले जानकारी दिनुभयो । सेजनमा २६८ जना साधारण सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्