जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार ०९:४०

अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने


काठमाडौं, १८ भदौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् । भारतीय मिडिया दैनिक भास्करका अनुसार सुरज बड्जत्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना उनी नेपाल आउन लागेका हुन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ । राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ ।

कोरोना भाइरसले सिर्जित अवस्थाका कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेका बेला बलिउडका ठूला स्टार अमिताभ नेपाल आउनुलाई सकारात्मक मानिएको छ । अमिताभ बच्चन यसअघि पनि नेपाल आएका थिए । उनी ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए ।