जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १०:२२

माधव नेपालसँग गएका नेता कार्यकतालाई किन भने नेता थापाले भेडाच्याङ्ग्रा


काठमाडौं, भदौ २१ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा एकीकृत समाजवादीमा गएका एमालेका नेताहरुलाई भेडाच्याङ्ग्रा को संज्ञा दिनुभएको छ । सोमवार विहानै सामाजिक संजालमा एमाले छाडेर नेकपा (एस) पार्टीमा गएकाहरु प्रति लक्षित गदै भेडाच्याङ्ग्रा जस्तो विक्रि भएको आरोप लगाउनुभएको हो ।

उहाँले नेकपा एमाले र सूर्य चिन्हबाट चुनाव जितेर पार्टी विभाजनतर्फ लागेका प्रदेशसभा र संघीय संसदका सांसदहरुलाई विक्री भएका भेडाच्याङ्ग्रा भन्नुभएको छ ।

एकीकृत समाजवादीले एमाले छाड्न चाहनेहरुका लागि भदौ २२ गतेसम्मको सनाखत गर्ने समय दिएको छ । यसैबीच एमाले छाडेर माधव नेपाल पक्षमा लागेका संघीय संसदसहित सातै प्रदेशका सांसदहरुको संख्या उल्लेख गर्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाबाट नगद बुझेर पार्टीलाई घात गरेको आरोप समेत लगाउनुभएको छ ।