काठमाडौं, २१ भदौ। नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार टेलिकमले १ लाख ८० हजार ५३४ एफटिटिएच जडान गरेको हो ।नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ ।टेलिकमले एफटिटिएच विस्तार तिब्र गतिमा अगाडि बढाएको छ । टेलिकमले चालु आर्थिक वर्षको २०७८र७९ बार्षिक कार्यक्रम अन्तर्गत मुलुकभर थप २ लाख २६ हजार फाइबर नेट विस्तारको योजना ल्याएको छ ।टेलिकमले यो आर्थिक वर्षलाई एफटिटिएच सेवा विस्तारको वर्षको रूपमा मनाउने घोषणा पनि गरेको छ । त्यस्तै कम्पनीले यो आर्थिक वर्षमा ६५ जिल्लामा एफटिटिएच विस्तार गर्ने लक्ष्य लिएको छ ।
टेलिकमले जडान गर्यो १ लाख ८० हजार एफटिटिएच

प्रतिक्रिया दिनुहोस्