जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार २०:३६

काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य २ लाख घुससहित अख्तियारको नियन्त्रणमा


काठमाडौं, भदौ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिने काठमाडौं महानगरपालिकाका एक जना वडा सदस्यलाई नियन्त्रणमा दिएको छ । महानगरपालिकाका वडा नम्बर १४ का एक वडा सदस्य वसन्त महर्जनलाई अख्तियारको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको आयोगले जनाएको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई घुस लिएको रकमसहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले बताउनुभयो । उहाँका अनुसार महर्जनमाथि आयोगले थप अनुसन्धान गरिरहेको छ ।