काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। भोलि संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालले बैठक बोलाएको हो ।पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो। संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएको छ।बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ।
एमालेले संसदमा सभामुखप्रति कठोरसँग प्रस्तुुत हुने संकेत गरेको छ।सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोस ब्यक्त गर्नुभएको थियो । पर्सी संसद सुरु हुँदैछ, हामी सोध्नै पर्नेहुन्छ सभामुखलाई–सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता कि गठबन्धनको मतियार हो कि एमालेविरुद्ध जालझेल गर्ने सरकारको एउटा मोहोरा को कि ? के हो सभामुख भनेको ?’ ओलीको प्रश्न थियो।आफ्नो दल विभाजनमा सभामुखले सहयोगी भूमिका निभाएको आरोप एमालेको छ।













प्रतिक्रिया दिनुहोस्