जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १५:०४

एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : अध्यक्ष ओली


पोखरा, २२ भदौ

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताउनुभएको छ । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताउनुभयो ।

‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उहाँले भन्नुभयो, ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।’ नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताउनुभएको उहाँले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गर्नुभयो ।