जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार १५:२७

एकीकृत समाजवादी रोजेका घिमिरे एमालेमै फर्किए


पोखरा, भदौ २३ । नेकपा एकीकृत समाजवादीमा खुलेका कास्कीका एक जनप्रतिनिधि एमालेमै फर्किनुभएको छ । एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका रूपा गाउँपालिका–५ का वडासदस्य दामोदर घिमिरेले एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्ति जारी गर्दै उहाँले आफू नेकपा एमालेमै रहेको जनाउनुभएको हो । एमालेका साथीहरुसँग सल्लाह गरी सनाखत फिर्ता लिएको उहाँले बताउनुएको छ । २०३८ सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको र सूर्य चिह्न लिएर चुनाव जितेकाले नेकपा एमालेमै रहने विज्ञप्तिमा उल्लेख छ ।