काठमाडौं, भदौ २५ । सभामुख अग्नि सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।
अपराह्न एक बजे प्रतिनिधिसभा बैठक शुरु हुनासाथ एमालेका सांसदहरु उठेर रोष्टम घेराउ गर्दै बैठकमा अवरोध गरेका हुन । सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस नगर्न भन्दै एमाले सांसदहरुलाई सदन सञ्चालनमा सघाउन आग्रह गरे पनि नाराबाजी भएको हो ।













प्रतिक्रिया दिनुहोस्