काठमाडौं, भदौ २५ । प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनका नेताहरु भन्दा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारको टोलीलाई महत्व दिनुभएको छ ।
प्रधानमन्त्री देउवा र (एमसीसी)का उपाध्यक्ष फातिमा समरबीचको वार्ता लम्बिएपछि सत्ता गठबन्धनको बैठक हुन सकेन् । बैठकका लागि साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेरका सत्ता गठबन्धनका शीर्ष नेताहरु एक घण्टा कुरेर निराश हुदै बाहिरिएको एक स्रोतले बतायो । । बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ बजे नै बालुवाटार पुग्नुभएको थियो ।
त्यसअघि नै प्रधानमन्त्री देउवालाई भेट्न एमसीसी उपाध्यक्ष फतिमासँगको बैठक नसकिएपछि शीर्ष नेताहरु बाहीरै बस्नुभएको थियो । ७ बजेसम्म कुर्दा पनि फतिमासँगको बैठक नसकिएपछि शीर्ष नेताहरु बाहिरिएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक राखेर एउटी विदेशीसँगको छलफललाई बढी महत्व दिनु गम्भीर भुल भएको एक बैठकमा सहभागि हुन जानुभएका नेताले बताउनुभयो । आजको बैठकमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाबाट दोस्रो वरियताका नेताहरुको पनि सहभागिता थियो । एमसीसी मन्त्रालय भागवण्डा र विपक्षीको संसद अवरोधबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक राखिएको थियो । सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या टुंगिएपनि भागवण्डा भने मिलेको छैन ।
मालदार मन्त्रालयमा सबैको दावी रहेपछि पछिल्लो समय विवाद छ । माधव नेपाल र उपेन्द्र यादवबीच त बैठकमै भनाभन समेत भएको थियो । एमसीसीबारे कांग्रेस बाहेकका दलहरु विपक्षमा छन् । अहिले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई एमसीसीबारे एमसीसीका प्रतिनिधिलाई भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएको भेटमा सहभागि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्