काठमाडौं, भदौ २८ । माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ , १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको थियो ।
न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा परेबमे १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिनेरनदिनेबारेको मुद्धा हेर्न नभ्याइनेमा परेको छ । यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो । साथै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो । रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ । कार्की र खडकाको इजलाशमा परेको सो मुद्धा हेर्न नभ्याइने भन्दै थन्क्याइएको छ ।














प्रतिक्रिया दिनुहोस्