जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १३:३३

एमालेको अवरोधका बीच राष्ट्रियसभामा प्रतिवेदन पेश, बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ ।सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश भएसँगै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । बैठक सुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए ।

उनीहरुले प्रतिनिधिसभाका सभामुखले चित्त बुझ्दो जवाफ नदिएसम्म, आत्मालोचित नगरेसम्म, एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई संसदमा प्रतिनिधित्व नगराएसम्म आफूहरुको विरोध जारी रहने जानकारी गराएका थिए । एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नियमित कार्यसूचीमा हेरफेर गरेर विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्न अनुमति दिएका थिए ।