बिराटनगर, भदौ २८ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र राई चयन हुनुभएको छ । आज बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले अनेरास्वबियुका पूर्वअध्यक्ष राईलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
एकीकृत समाजवादीले दलको मान्यता पाएको पत्र निर्वाचन आयोगले प्रदेश सभा सचिवालयमा पठाएको थियो । त्यसपछि बसेको संसदीय दलको बैठकले दलको नेता चयन गरेको हो । प्रदेश १ मा एमालेका १० जना सांसद् एकीकृत समाजवादीमा सनाखत गरी लाग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्