जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १४:४९

पहिलो नेपाली महिला रेस्लर यूनिकाको ‘हामी खस क्षेत्री’ बजारमा (भिडियोसहित)


काठमाडौं, भदौ २८ । नेपालको पहिलो महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ‘हामी खस क्षेत्री’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको हो ।

जी. बि. क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रहेको गीतमा युनिकाको नै अभिनय पनि देख्न सकिन्छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ । देशभक्त गित जस्तै यस हामी खस क्षेत्री गितमा हाम्रो देश र पुर्खाको समेत बयान गरिएको छ ।