जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १७:१५

आज देशभर निको हुनेभन्दा नयाँ संक्रमित धेरै, १६ जनाको मृत्यु


काठमाडौं, भदौ २८ । नेपालमा आज निको हुनेभन्दा नयाँ संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डिस्चार्ज भन्दा संक्रमित धेरै देखिएको हो । आज मन्त्रालयको तथ्यांक अनुसार १४८६ जनालाई संक्रमण पुष्टि भएको तथा १२६० जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ । १२ हजार ५३२ जनाको पीसीआर र ४००७ जनाको एन्टीजेन गरि १६ हजार ५३९ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये ४७५ जना आइसियु र १३४ जना भेन्टिलेटरमा छन् । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४२६ जना रहेका छन् । ३०१ जना काठमाडौं, ६८ ललितपुर र ५७ जना भक्तपुरमा थपिएका छन् । हालसम्म नेपालमा ८ लाख ६५ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ भने ७ लाख ४० हजार ७१७ जना निको भएका छन् । यस्तै १० हजार ९६५ जनाको मृत्यु भएको छ ।