जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार ०८:२९

आइसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र ओमान भिड्दै


काठमाडौं, २९ भदौ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज अपराह्न सवा ४ बजे हुनेछ । लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो । त्यसअघि नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २–० ले पारेको थियो । ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ । ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।