जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १०:३३

प्रधानमन्त्रीलाई विष्णु रिजालको व्यंग्य : परमादेश दिने भित्री–बाहिरी ‘श्रीमान’लाई पनि मजा लागेको छैन होला


काठमाडौं, भदौ २९ । नेकपा एमााले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री शेर बहादुर देउवालाई व्यंग्य गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत देउवालाई प्रधानमन्त्री हुनु मात्रै इच्छा रहेको भन्दै परमादेश जारी गर्ने श्रीमान्हरुलाई समेत मजा नलागेको जनाउनुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनु थियो, भइहाल्नुभयो । बॉकी कुनै हतार छैन । दुई महिनासम्म मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधानमन्त्रीले देश बनाउँछन् भनेर कसले विश्वास गर्ला ? एकजना व्यक्ति हटाउनेबाहेक गठबन्धनबीच न एजेन्डामा सहमति छ न त कहॉ जाने भन्ने मार्गचित्र छ ।’

उहाँले थप्नुभयो,‘दुई महिनामा छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने र अध्यादेश ल्याएर अर्काको पार्टी फुटाएर आफू बलियो बन्ने षड्यन्त्रबाहेक केही उपलब्धि देखिएन । परमादेश दिने भित्री–बाहिरी ‘श्रीमान्’ हरूलाई पनि त्यति मजा लागेको छैन होला !’