जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार ११:३७

शंकरले खोले प्रचण्डलाई निकै पीडा हुनुको भित्री कारण


काठमाडौं, भदौ २९ । एमाले नेता शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकै पथमा सहयोद्धा लागेपछि निकै पीडा भएको तथ्य खोल्नुभएको छ । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पोखरेलले यस्तो खुलासा गर्नुभएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले केही दिनअघि आफू एक्लै पर्ने चिन्ता र पीडा पोख्नुभएको थियो । सो बिषयमा पोखरेलले आफनो जवाफ दिँदै भन्नुभएको छ, ‘प्रचण्ड आफु जेवाट आक्रान्त भएर नेकपाको एकता भंग गराउन लाग्नु भो, आज सहयोद्धाहरु त्यै वाटोमा हिड्न खोज्दा उहाँलाई निकै पीडा भएको छ ।’