जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १६:२४

ओलीले राखे माधवले वडा सदस्य पनि जित्न नसक्ने तथ्य


झापा, भदौ २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अवको चुनावमा वडा सदस्य पनि जित्न नसक्ने ठोकुवा गर्नुभएको छ । गृहजिल्ला झापामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एक्लै भएपनि अध्यक्ष चाहिने र प्रतिक्रियावादीसँग मिलेर सत्ताको स्वाद लिने माधवको मुल उदेश्य जनताले बुझिसकेको कारण माधव र उनको पार्टीले देशभर कँहीपनि जित्न नसक्ने बताउनु भएको हो ।

‘माधव नेपालले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जित्न सक्दैन,’ ओलीले भन्नुभयो । उहाँले माधव नेपालले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उहाँको पार्टी नक्कली भएको पनि बताउनु भयो । अध्यक्ष ओलीले एमालेबाट लिन सकियो भनेर माधव चोइटिएको बताउनु भयो । १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उहाँले भन्नुभयो, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’

गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गायक जीवन शर्माको गीत स्मरण गर्दै भन्नुभयो ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’ अध्यक्ष ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको तथ्य पनि सुनाउनु भयो । गायक जीवन शर्माको गीत स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’