जनता टाइम्स

५ असार २०७६, बिहीबार १२:३९

डी.आर.अटुको अर्को पुर्बेली लोकगीत ‘दिक्तेल बजार २’ (भिडियोसहित)


काठमाडौं, असार ५

आधुनिक गीत गजलमा हिट नम्बर दिईसकेका चर्चित संगीतकार डी.आर.अटुको अर्को पुर्बेली लोकगीत “दिक्तेल बजार २” को भिडियो बजारमा आएको छ । उक्त सार्वजनिक गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ ।

धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पुर्बेली लोकगीतको बादसाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल, चौबन्दी चोलिले, दिक्तेल बजार, माथी–माथी हिमाली भेगमा, स्कुले जीवन, हिडिजाने बटुवा, एक्ले वर, माया हजुर, सोल्टिनी ज्युजस्ता दर्जनौ चर्चित लोक गीतहरु दिईसक्नुभएको छ ।

सुपरहिट गीत दिक्तेल बजारको अर्को भागको रुपमा यो दिक्तेल बजार–२ गीत निकालिएको हो । दिक्तेल बजार १ मा शब्द र संगीत डी.आर.अटु कै थियो । यसमा भने शब्द प्रेम प्रसाद भट्टराईको रहेको छ भने संगीत डी.आर.अटुको रहेको छ । गीतमा खोटाङ जिल्लाको विभिन्न पर्यटकिय एवमं धार्मिक सम्पदाको वर्णन गरिएको छ ।

http://”दिक्तेल बजार २”गीतको पुरा भिडियो हेर्नुहोस ।

https://youtu.be/RYnniUBrteQ