जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १८:२२

अर्काको ‘स्वास्नी ताक्ने’ माधवतिरै, यो हो तथ्य-प्रमाण


काठमाडौं, भदौ २९ । एमालेको नवौं महिाधिवेशनताका अध्यक्षको दौडमा रहनुभएका बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव हार्ने देखेपछि आरोप लगाउनु भयो, ‘केपी ओलीतिर लाग्नेहरु अर्काको श्रीमती ताक्ने, बिधवातिर आँखा लगाउने र चरित्रहीन ब्यक्तिहरु छन । केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपालले एउटा टेलिभिजनमा दिनुभएको यो अन्तवार्ताप्रति एमाले कार्यकर्ताले खेद ब्यक्त गरे । माधवकै लागि निकै महंगो पर्यो त्यो कपोकल्पित भनाई ।

एमाले महाधिवेशन सकियो, ओली अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा बन्यो, फुट्यो, एमाले र माओवादी बन्यो अदालतको आदेबाट तर माधव एमालेमा रहनुभएन । २०५० सालदेखि एमालेको नेतृत्वमा रहेर हालीमुहाली गर्नुभएका नेपालले ‘अव एमालेबाट पाउने केही बाँकी छैन, छुट्टै पार्टी बनाएर सत्तारुढ बन्दै सन्ततीका लागि आर्थिक जोहो गर्ने’ नीतिका साथ माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवाको पाउमा पर्नुभयो । प्रचण्ड र देउवाको कृपाले माधवले नयाँ पार्टी पनि दर्ता गर्नुभयो तर एमालेजनले माधवलाई दुधबाट निकालेको झिंगा झैपालिदिए । नवौं महाधिवेशनमा निर्वाचित कुनै पनि पदाधिकारीको साथ पाउनु भएन ।

माधवले नयाँ दल दर्ता गरेसँगै नवौं महाधिवेशनताका गर्नुभएको भाषण र अन्तर्वार्ता भने सवैले याद गरेका छन । एमालेमा रहँदा आफूले गर्ने हरेक अपराध र नराम्रो काम अरुको टाउकोमा थोपर्न माहिर नेपालले नयाँ दल दर्ता गरेसँगै अर्काको श्रीमती ताक्नेहरु जति कता लागे ? यो प्रश्नले भने माधवलाई नै कुरीकुरी गरिरहेको पाइएको छ । सुदुरपश्चिम प्रदेशदेखि कर्णालीहुँदै अन्य प्रदेशको तथ्यांका केलाउँदा माधवकै भाषामा अर्काको श्रीमति ताक्ने, बिधवातिर आँखा लगाउने र अर्काको घर भाँडेर पत्नीलाई आफ्नो रखेलका रुपमा प्रयोग गर्नेहरु माधवतिर लागे ।

माधवले मात्र यस्ता चरित्रहीनलाई जोगाउने देखेर उनीहरुले नेकपा एस रोजेको तथ्य पनि अव बिस्तारै उजागर हुन थालेको छ । कर्णाली प्रदेशका कृषिमन्त्री कुर्मराज शाहीले अर्काकी श्रीमतीसँग यौन लिला मच्चाएको भिडियो नै बाहिर आयो, तर शाही ढुक्क सँग मन्त्रीको कुर्सीमा बिराजमान भइरहनु भएको छ । त्यस्को कारण एउटै रहेको छ, माधव नेपाल । मन्त्री शाहीले निर्धक्कसँगै ‘माधवको भर छ, यौनलिलामा मलाई केको डर छ ?’ भन्दै अहिले पनि मन्त्रीको झण्डा हल्लाएर कुदिरहेका छन । एउटी महिलालाई उनकै कोठामा गएर जवर्जस्ती करण गरेको अडियो र भिडियो आउँदा माधवले शाहीको पक्षमा सतिसाल झै खडा भएर पक्षपोषण गरिरहनु भएको छ ।

शाही मात्रै होइनन, माधवतिर लाग्ने अरु पनि यस्तै काण्डमा मुछिएका छन । सुदुरपश्चिम प्रदेशमा माधवको तर्फबाट संसदीय दलका नेता बन्न लाग्नुभएका दीर्घ सोडारी पनि यौनकाण्डमै कार्वाही पर्नुभएको थियो । माधवकै जोडबलमा पार्टीमा जोगाउन खोग्दा अध्यक्ष केपी शर्मा ओली नमानेपछि नै माधव फायर हुनुभएको थियो । तात्कालिन नेकपा हुँदा महिलाको उजुरीको आधारमा कार्वाही पर्नुभएका सोडारी अहिले माधवको पहिलो नेता बन्नुभएको छ ।

यति मात्रै होइन, बागमति प्रदेशका केही जिल्लामा छनोट भएका नेतामाथि पनि अर्काको श्रीमती ताकेको आरोप लागेको छ । उपत्यकाकै एक नेताले अर्काकी श्रीमतीलाई रखेल बनाएर बिवाह भएको केही समयमै डिभोर्ष गराएको तथ्यसमेत बाहिर आएको छ । यी सवै घटनाक्रमले माधवको पार्टीमा इमान्दारहरुलाई पाखा लगाउन यस्तै चरित्रहीनहरुको लाम लाग्न थालेको देखिएको छ ।