जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १८:५३

एकैपटक ८५ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, २९ भदौ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गर्नुभएको छ । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन ।शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा हुनुभएको छ ।