जनता टाइम्स

५ असार २०७६, बिहीबार १२:४९

हेम र प्रबिशाको स्वरमा रहेको “लाखौ सपना” मा आकाश र वर्षाको अभिनय (भिडियोसहित)


काठमाडौं, असार ५

पछिल्लो समय नेपाली नायक नायिकाहरु म्युजिक भिडियो अभिनयमा अलिक बढी ब्यस्त देखिन्छन । त्यसमा नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको नाम अगाडी आउँछ । यी २ को बेजोड अभिनय रहेको “लाखौ सपना” बोलको गीत सार्वजनिक भएको छ । उत्कृष्ट भिडियोको साथमा सुन्दर शब्द संगीतमा यो गीत बजारमा आएको छ ।

गीतको भिडियोमा आकाश र वर्षाले कालजय अभिनय गरेका छन् भने गीतको भावलाई बखुबी भिडियोमा अभिनय मार्फत उतारेका छन् । गीतमा हेम मोक्तान तामाङको शब्द र स्वर समावेश रहेको छ । स्वरमा उनलाई गायिका प्रबिशा अधिकारीले साथ दिएकी छिन् । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् ।

यस्तै गीतको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् भने राज महर्जनको भिडियोमा कोरियोग्राफी रहेको छ । टेकेन्द्र शाहले भिडीयो सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन भने चर्चित फिल्म निर्देशक मिलन चाम्सले गरेका हुन् । एकसाएक चलचित्र दर्शकहरु माझ पेश गरिसकेका उनले मौका मिले सम्म बेलाबखतमा म्युजिक भिडियो पनि निर्देशन गर्ने गरेका छन् ।

त्यसै मध्य उनको यो नया उत्पादन हो । भिडियोलाई उनले फिल्मी शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् । गीतमा गायक तथा गीतकार हेम मोक्तान तामाङले निकै मेहेनत गरेको देखिन्छ ।