जनता टाइम्स

५ असार २०७६, बिहीबार १३:२०

योगेश भट्टराईले दिए बजेटमा सांसदको आक्रोश मेटाउने यतो बिकल्प


काठमाडौं, असार ५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले सवै जिल्लामा समानुपातिक बजेट बिनियोजनको अवस्था बनाउन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा जिल्ला बिकाश परिषद गठनको प्रस्ताव गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बिनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले यो ब्यवस्थालाई मजवुत बनाउन यो काम अनिवार्य रहेको बताउनु भयो । नेता भट्टराईका अनुसार प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख रहेको बिकाश परिषद गठन गर्न प्रस्ताव गर्नुभएको हो ।

सांसदले ६ करोड लिए, प्रदेश सांसदले पनि बजेट लिए, दुरुपयोग हुन्छ भन्दै सांसदमाथि नै प्रश्न उठाउने काम भइरहेको छ, यस्लेसिंगो ब्यवस्थाको कदनाम गरिरहेको छ भने सांसदहरुमा बजेटलाई लिएर आक्रोश पनि देखिएको छ, यस्को एउटैसमाधान हुन्छ, जिल्ला बिकाश परिषद गठन गर्ने र त्यस्ले बजेट बनाउनु भन्दा दुई महिना अगावै आफ्नो निर्वाचन क्षेत्रको बिकाशको खाका र बजेट प्रस्ताव गर्नुपर्छ, भट्टराईले भन्नुभयो ।