जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १८:११

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए (सूचीसहित)


बिराटनगर, भदौ ३० । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साविकको ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर मुख्यमन्त्री आचार्यले ८ सदस्यीय मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो ।

बिस्तारित मन्त्रिपरिषदमा संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।