जनता टाइम्स

३० भाद्र २०७८, बुधबार २२:१३

२५ बर्षीया युवती शिक्षकका हत्यारा, यसरी खुल्यो पोल


दैलेख, भदौ ३० । दैलेखको गुराँस गाउँपालिका ८ छोटेपोखरामा शिक्षकको हत्याको कारण व्यक्तिगत रिसिवी भएको खुलासा भएको छ।

गुराँस गाउँपालिका छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक नगेन्द्र विसीको रिसिबिका कारण घाँटी रेटि हत्या गरेको एक महिलाले स्वीकार गरेकी छन् । घटनालगत्तै मंगलबार अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा टोली छोटेपोखरा पुगेको थियो।

टोलीले गरेको अनुसन्धानका क्रममा आठ जना शंकास्पद व्यक्तिलाई प्रहरीले सदरमुकाम लगेको थियो । तर अनुसन्धानका क्रममा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ वर्षीय मुना रानाले शिक्षक विसीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिनुभयो