जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार १५:५७

सुनसरीमा कांग्रेस र जसपाका हस्तीसहित पाँच सय बढी नेता-कार्यकर्ता एमाले प्रवेश


सुनसरी, असोज १ । सुनसरीको कोशी गाउँपालिकामा नेपाली काग्रेंस र जनता समाजवादी पार्टीसहित विभिन्न पार्टी त्यागेर पाँच सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश परेका छन । लामो समयदेखि राजनीतिक आन्दोलनमा आवद्ध रहनुभएका नेपाली काग्रेंसका स्थानीय नेता जितेन्द्र (जितु) खेरवारसहित पाँच सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले नेता जगदीश कुसियैतले नवप्रवेसीलाई पार्टीमा स्वागत गर्नुभयो । उहाँहरु कुसियतकै पहलमा एमालेमा प्रवेश गर्नुएको हो । कोशीमा ८ वटै वडाका विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी एकसाथ ५ सय ५१ जना नेता, कार्यकर्ता, युवा र महिलाहरु एमालेमा प्रवेश गरेका हुन ।
नवप्रवेशीहरुलाई कुसियतर सुनसरी एमाले अध्यक्ष रेवतीरमण भण्डारीले टिका, माला तथा खादाँ लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तैयव हुसेनसहित एमाले सुनसरीका सचिव पर्शुराम यादव, रमेश श्रेष्ठ, निलम खनाल, सरोज पोख्रेल, खेमराज पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्वप्रदेश मन्त्री कुसियैतले नवप्रवेशीहरूलाई एमालेले उचित स्थान दिने बताउनु भयो । त्यसैगरी कुसियैतले आफू मन्त्री भएपछि कोशीको मूल राजमार्गदेखि सिमासम्मको बाटोमा कालो पत्रे योजना, हरिपुरमा कालोपत्रे, चिल्ड्रेन पार्क, दर्जनौ मन्दीर निर्माण, पर्यटकीय क्षेत्र विस्तार लगायतको काम गरेकाले नागरिकको एमाले प्रतिको क्रेज बढेको बताउनु भयो । कुसियैतले जनताको भरोसाको पार्टी एमाले भएको समेत बताउनु भयो । उहाँले विकासको निमित्त फेरी एमालेको सरकार चाहिने तथ्य पनि राख्नुभयो ।

कोशी गाउपलिकाबाट जितेर स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, उपेन्द्र यादव परराष्ट्र मन्त्री भए पनि कोशी गाउपलिकामा केही पनि बिकास नगरेको आरोप छ । कार्यक्रममा नवप्रवेसीहरुले एमालेबाहेक अरुले देशको हितमा काम गर्न नसक्ने तथ्य बुझेकोले एमाले रोजेको बताउनु भएको छ ।