जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार १६:२३

काठमाडौं अइपुग्यो चीनबाट ल्याएको ४४ लाख डोज भेरोुेल खोप, असोज ४ देखि लगाइने


काठमाडौं, असोज १ । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड १९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।