विराटनगर, असोज २ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको ठोकुवा गर्नुभएको छ । गृहजिल्ला मोरङ आइपुगनुभएका कांग्रेस केन्द्रीय सदस्य कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै देउवा सरकार अलोकतान्त्रिक रहेको पनि बताउनु भयो ।
उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत काम गरेको बताउनु भयो । ६६ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उहाँको भनाई छ । कोइरालाले नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै उहाँले देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दुखद भएको बताउनुभयो । उहाँले कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ वडाधिवेशन नगरिएको बताउनुभयो । उहाँले संस्थापन इतर समूहबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार हुने जानकारी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्