जनता टाइम्स

२ आश्विन २०७८, शनिबार १९:२३

सरकार बिस्तारबारे प्रचण्डको खुलासा : कुरा मिल्नै बाँकी छ


जनकपुरधाम, असोज २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारको प्रयाश भइरहे पनि कुरा मिल्नै बाँकी रहेको खुलासा गर्नुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो।

उहाँले सरकारमा सहभागितालाई लिएर छलफल भइरहेको जानकारी दिनुभयो । केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले सरकारमा सहभागितामा ढिलाइ भए पनि अब छिट्टै नै सरकारले पूर्णता पाउने छ, प्रचण्डले भन्नुभयो ।

उहाँले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप पनि लगाउनु भयो ।